१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

बुद्धिचालमा त्रिभुवन आर्मीकी सुजनालाई तीन स्वर्ण


२ कार्तिक २०७९, बुधबार  

0
Shares

गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छन्।

यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै इभेन्टमा लोहनीले स्वर्ण पदक जित्न सफल भएकी हुन । प्रतियोगिता अन्तर्गत महिलातर्फको क्लासिकल इभेन्टका नौ खेलमा सबै खेल जित्दै उनले ९ अङ्क प्राप्त गर्दै प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेकी हुन ।

त्यस्तै महिलातर्फको बिल्च इभेन्टमा पनि लोहनीले नौ खेलमा नौ वटै खेल जितेर नौ अङ्कका साथ दोस्रो स्वर्ण जित्न सफल भएकी थिईन । त्यसैगरी बुधबार सम्पन्न ¥यापिड चरणका खेलमा समेत लोहनीले सबै नौ खेल जितेर नौ अङ्कका साथ प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पार्न सफल भएको आयोजकाले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली