१८ फाल्गुन २०८१, आइतबार । March 2, 2025

कलाकार पल शाहलाई जिल्ला अदालत तनहुँले दियो सफाइ



तनहुँ । नाबालिग बलात्कारका आरोपित कलाकार पूर्णविक्रम (पल) शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको मंगलबारको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको उनका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । 

सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट

हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक सन्चालनमा

मुगु । हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड सञ्चालनमा आएको छ

सेयर बजारमा उत्साह, १४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उत्साह

नेपाल आईपुगे इटालियन लेजेन्ड गोलकिपर बुफोन

काठमाडौं । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल

एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडरमा पूजा र कुँवर नियुक्त

रुपन्देही । नेपाली यू १९ महिला क्रिकेट टोलीकी कप्तान पूजा