१५ चैत्र २०८१, शनिबार । March 29, 2025

सुदूरपश्चिम प्रदेश सभामुखमा भण्डारी निर्वाचित



डोटी । सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा माओवादी केन्द्रबाट निर्वाचिन प्रदेश सभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन् ।

मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा तेश्रो पटक भएको मतदानमा भण्डारीलाई २९ प्रदेश सभा सदस्यले मत दिएका थिए । बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्ने सुदूरपश्चिम प्रदेशमा भण्डारीले २९ मत पाएपछि जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले निर्वाचित भएको घोषणा गरेका हुन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा ५२ जना प्रदेश सभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।

भण्डारी नेकपा माओबादी केन्द्रका ११, नेकपा एमोका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना प्रदेश सभा सदस्यको समर्थनमा सभामुख बनेका हुन् । प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर रावलले भने २३ मत मात्रै पाएका थिए । उक्त मत प्रदेश सभामा तत्काल कायम रहेको प्रदेश सभा सदस्य संख्याको बहुमत नपुगेको भन्दै जेष्ठ प्रदेश सभा सदस्य भट्टले अस्वीकृत गरेका थिए ।

रावललाई नेपाली कांग्रेसका १९ र नेकपा एकिकृत समाजबादी पार्टीका ४ प्रदेश सभा सदस्यले समर्थन दिएका थिए । प्रदेश सभाको अर्को बैठक बुधबार ९भोली० दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज घोडेजात्रा पर्व, यस्तो छ परम्परागत मान्यता

काठमाडौं । आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।

तिनकुने–कोटेश्वर क्षेत्रको अनुगमन गर्दै गृहमन्त्री लेखक

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण क्षति पुगेको

म्यानमार भूकम्पः मृत्यु हुनेको संख्या १ सय ४४ पुग्यो, उद्धार कार्य जारी

म्यानमार । म्यानमारमा शुक्रबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको

आईपीएलः बेंगलुरुको लगातार दोस्रो जित, चेन्नई ५० रनले पराजित

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल