१४ चैत्र २०८१, शुक्रबार । March 29, 2025

क्यालिफोर्नियामा वर्षा र आँधी जारी, जनजिवन प्रभावित



एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ ।

सोमबार पनि यहाँ थप वर्षा र हिमपात भएको छ । सो हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् ।क्यालिफोर्नियामा आँधीले ठूलो जनधनको क्षति गरेको छ ।

बाढीका कारण यहाँका धेरै घर भत्किएका यहाँका विपद् व्यवस्थापन अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यस प्राकृतिक प्रकोपमा हालसम्म १९ जनाको ज्यान गएको छ भने धेरै मानिस घरबारविहीन भएका छन् । स्थानीय प्रशासनले उद्धारका लागि अभियान चलाएको छ तर निरन्तरको आँधीका कारण नागरिकहरुको उद्धार हुन सकिरहेको छैन ।

यहाँको राष्ट्रिय मौसम सेवाले आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक उत्तरपश्चिमी क्षेत्रमा थप आँधी आउन सक्ने र यसबाट ठूलो विनाश निम्त्याउन सक्ने अनुमान पनि गरेको छ । यहाँको स्थानीय सलिनास नदीमा पानीको सतह खतराको तहमा पुगेको बताइएको छ । नदीमा देखिएको खतरापछि यहाँका उद्धारकर्मीहरुले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

क्यालिफोर्नियाका स्थानीय सञ्चारमाध्यमका अनुसार क्यालिफोर्नियामा आएको बाढीले गत हप्तामा मात्र दुई लाख भन्दा बढी घर र व्यवसायहरूले बिजुली कटौतीको सामना गरेका छन् । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि नै निरन्तरको वर्षाका कारण बाढी र पहिरो समेत आएको छ । यसका कारण यहाँका नागरिकले आधारभूत आवश्यकताको पनि जोहो गर्न नसकेको बताइएको छ ।

अधिकारीहरुले खराब मौसमका कारण बाढी र पहिरोको पनि समस्या देखिएको बताएका छन् । जसका कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । यहाँका खेती लगाइएका खेतहरु तथा सडकहरू पनि डुबानमा परेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ११ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईंलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा भएको आगजनी,

मानव अधिकार आयोगको ठहर: राजावादी प्रदर्शन हिंसात्मक

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरूको प्रदर्शनलाई हिंसात्मक भएको निष्कर्ष

राजावादीले आगो लगाएको घरमा जलेर एभिन्युजका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादी समर्थकहरूले आगो लगाउँदा एभिन्युज

काठमाडौंमा सेना परिचालन

काठमाडौं । राजधानी काठमाडौंको तनावग्रस्त तीनकुने क्षेत्रमा राजावादी आन्दोलन हिंसात्मक

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त