२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पहिचान नभएका शव सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै


३ माघ २०७९, मंगलबार  

12
Shares

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, आफन्त काठमाडौंमा भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाडौं ल्याइने भएको छ ।

दुर्घटनामा परेकामध्ये पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकोप्टरबाट आज बिहान ८ बजे काठमाडौं ल्याउन लागिएको हो । हालसम्म ७० जनाको शव फेला परेको छ । दुई जनाको शव अझै फेला परेको छैन ।

आफन्तबाट पहिचान भएका शव पोखरामा नै शवपरीक्षण गरी परिवारलाई बुझाइनेछ । पहिचान हुन नसकेका शवको त्रिवि शिक्षण अस्पतालमा थप परीक्षण गरिनेछ । र, हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डीएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गरिनेछ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ