१८ फाल्गुन २०८१, आइतबार । March 3, 2025

पहिचान नभएका शव सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै



काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, आफन्त काठमाडौंमा भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाडौं ल्याइने भएको छ ।

दुर्घटनामा परेकामध्ये पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकोप्टरबाट आज बिहान ८ बजे काठमाडौं ल्याउन लागिएको हो । हालसम्म ७० जनाको शव फेला परेको छ । दुई जनाको शव अझै फेला परेको छैन ।

आफन्तबाट पहिचान भएका शव पोखरामा नै शवपरीक्षण गरी परिवारलाई बुझाइनेछ । पहिचान हुन नसकेका शवको त्रिवि शिक्षण अस्पतालमा थप परीक्षण गरिनेछ । र, हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डीएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गरिनेछ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट

हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक सन्चालनमा

मुगु । हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड सञ्चालनमा आएको छ

सेयर बजारमा उत्साह, १४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उत्साह

नेपाल आईपुगे इटालियन लेजेन्ड गोलकिपर बुफोन

काठमाडौं । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल

एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडरमा पूजा र कुँवर नियुक्त

रुपन्देही । नेपाली यू १९ महिला क्रिकेट टोलीकी कप्तान पूजा