१८ माघ २०८१, शुक्रबार । February 1, 2025

नेपालमा विमान दुर्घटनाको भयानक तथ्याङ्क, यसै बर्ष २ ठुला दुर्घटना



काठमाडौं । नेपालमा अहिलेसम्म भएका हवाई दुर्घटनामा झन्डै ९ सय जनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।

नेपालको ७ दशक लामो हवाई इतिहासमा यात्रुको ज्यान जाने गरी हालसम्म ठुला र साना गरि ५८ ओटा विमान दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ । आइतबार बिहान काठमाडौं बाट १० बजेर ३२ मिनेटमा पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन नम्बर ९ एन–एएनसी एटिआर ७२–५०० विमान दुर्घटना भएको छ ।

विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फ्रान्सेली नागरिक १ गरि ६८ जना यात्रु र ४ चालक दलका सदस्य सवार रहेका थिए । जसमध्य हालसम्म ६९ जनाको शव फेला परिसकेको छ भने बाँकी ३ जनाको खोजी कार्य चलिरहेको छ ।

आइतबारको यो घटना नेपालको आन्तरिक उडान इतिहासमै सबैभन्दा ठूलो दुर्घटना मानिएको छ । आन्तिरिक हवाई इतिहासका यसअघि यति ठुलो मानविय क्षति हुनेगरि विमान दुर्घटना भएको थिएन् । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो ।

उक्त विमान बिहान १० बजेर ५० मिनेटमा अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको जनाइएको छ । यो बर्ष मात्रै नेपालमा दुई वटा भयानक विमान दुर्घटना भएका छन् । २०७९ साल जेठ १५ गते यती एयरकै भगिनी संस्था तारा एयरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका सानोसरेमा दुर्घटना भएको थियो ।

जुन दुर्घटनामा १९ यात्रु र चालक दलका ३ सदस्य सहित २२ जनाको ज्यान गएको थियो । नेपालमा हवाई दुर्घटनाको इतिहास साढे सात दशक पुरानो छ । तर, यात्रुको ज्यान नै जाने गरी भने पहिलोपटक ६७ वर्षअघि ३ अगस्ट १९५५ मा कालिङ्गा एयरको विमान सिमरामा दुर्घटना भएको थियो । जसमा २ जनाको मृत्यु र १ जना घाइते भएका थिए ।


नेपाको हवाई दुर्घटनाको इतिहास
– ५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको विमान भैरहवामा दुर्घटना भएको थियो । जुन दुर्घटनामा ४ जनाले आफ्नो ज्यान गुमाउनु परेको थियो,
–१ अगस्ट १९६२ मा नेपाल वायुसेवा निगमको विमान तुलाचनधुरीमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए,
–१२ जुलाई १९६९ मा नेपाल वायुसेवा निगमको विमान हेटौँडा नजिक दुर्घटना भएको थियो । उक्त भयानक दुर्घटनामा ३५ जनाले आफ्नो ज्यान गुमाएका थिए,
–२२ डिसेम्बर १९८४ मा नेपाल वायुसेवा निगमको विमान चेकलाती डाँडामा दुर्घटना भएको थियो । यस दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए,
–३१ जुलाई १९९३ मा एभरेष्ट एयरको विमान सोलीघोप्टेमा दुर्घटनाग्रस्त हुँदा १८ जनाले ज्यान गुमाएका थिए,
–१४ जनवरी १९९५ मा नेपाल वायुसेवा निगमको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो,
–२१ अगस्ट १९९८ मा सांग्रीला एयरको विमान म्यादीमा दुर्घटना हुँदा सवार १८ जनाकै मृत्यु भएको थियो,
–०५ सेप्टेम्बर १९९९, नेकोन एयरको विमान काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ,
–२५ डिसेम्बर १९९९, स्काइलाइन एयरवेजको विमान मकवानपुरको बुर्जो लेकमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो,
–२६ फेब्रुअरी २०००, नेपाल वायुसेवा निगमको विमान बझाङमा दुर्घटना भएको थियो । जसमा १ जनाको ज्यान गयो,
–२७ जुलाई २०००, नेपाल वायुसेवा निगमको विमान, डडेल्धुराको जोगबुडामा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो,
–१७ जुलाई २००२, स्काइलाइन एयरवेजको विमान, सुर्खेतको गडगडे डाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु,
–२२ अगस्ट २००२, सांग्रीला एयरको विमान, पोखरामा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ,
–२१ अप्रिल २००४, बुद्ध एयरको विमान, त्रिभुवन विमानस्थलमा दुर्घटना, १ जनाको मृत्यु,
–५ मे २००४, यती एयरको विमान सोलुखुम्बुको लमजुरामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो,
–१२ जुन २००६, यती एयरकै विमान जुम्ला एयरपोर्टमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो,
–८ अक्टोबर २००८, यती एयरको विमान लुक्ला एयरपोर्टमा दुर्घटना हुँदा १८ जनाको मृत्यु १ घाइते,
–२४ अगस्ट २०१०, अग्नी एयरको विमान मकवानपुरमा दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु,
–१५ डिसेम्बर २०१०, तारा एयरको विमान ओखलढुंगामा दुर्घटना भएको थियो । यसबेला विमानमा सवार २२ जनाले आफ्नो ज्यान गुमाएका थिए,
–२५ सेप्टेम्बर २०११, बुद्ध एयरको विमान,ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु,
–१४ मे २०१२ मा अग्नी एयरको विमान जोमसोम एयरपोर्टमा दुर्घटना, १५ जनाको मृत्यु ६ जना घाइते,
–२८ सेप्टेम्बर २०१२ सीता एयरको विमान भक्तपुरको मनोहरामा दुर्घटना, १९ जनाको मृत्यु,
–१६ फेब्रुअरी २०१४, नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु,
–२४ फेब्रुअरी २०१६, तारा एयरको विमान, म्याग्दीको दानामा दुर्घटना, सवार २३ जनाकै मृत्यु,
–२७ मे २०१७, समिट एयरको कार्गो विमान लुक्ला एयरपोर्टमा दुर्घटना हुँदा २ को मृत्यु, १ घाइते ,
–१४ अप्रिल २०१९, समिट एयरको विमान लुक्ला एयरपोर्टमै दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते,
–२९ मे २०२२, तारा एयरको विमान, सानोसरे मुस्ताङमा दुर्घटना हुँदा विमानमा सवार २२ जनाकै मृत्यु,
–१५ जनवरी २०२३, यती एयरको एटिआर ७२–५०० विमान दुर्घटना हालसम्म ६९ जनाको मृत्यु पुष्टि, ३ जना अज्ञात

नेपालमा भएको अन्तर्राष्ट्रिय विमान दुर्घटनाको भयानक अवस्था
–३० अगस्ट १९५५, कालिङ्गा एयर, सिमरामा दुर्घटना, २ को मृत्यु १ घाइते,
–१५ मे १९५६, इन्डियन एयरलाइन्स, काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु, १९ घाइते,
–२४ मार्च १९५८, इन्डियन एयरलाइन्स, पत्नेभञ्ज्याङ मा दुर्घटना हुँदा २ जनाको मृत्यु,
–१० मे १९७२, त्रिभुवन विमानस्थलमा भएको थाई एयरवेजको विमान दुर्घटनामा १ जनाको मृत्यु भएको थियो भने ११० जना घाइते भएका थिए ।
–३१ जुलाई १९९२, थाई एयरवेजको विमान घ्याङफेदीमा दुर्घटना हुँदा विमानमा सवार ११३ जनाले आफ्नो ज्यान गुमाएका थिए । उक्त विमान दुर्घटना नेपालको इतिहासमा निकै भयानक विमान दुर्घटना मानिन्छ ।
–२८ सेप्टेम्बर १९९२, पाकिस्तान एयरलाइन्सको विमान भट्टेडाँडामा ठोक्किँदा विमानमा सवार १६७ जना सवैको मृत्यु भएको थियो । जुन नेपालको हवाई इतिहासमा सबैभन्दा ठुलो दुर्घटना मानिन्छ ।
–०७ जुलाई १९९९, लुफ्थान्स कार्गो विमान काठमाडौंमा दुर्घटना, ५ जनाको मृत्यु,
–१२ मार्च २०१८, युए बंग्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । जसमा ५१ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।


नेपालमा हवाई दुर्घटना हुनुको मुख्य कारण खराब मौसम, भौगोलिक विकट्ता, र अप्रयाप्त सुरक्षा संवेदनशिलतालाई मानिएको छ । नेपालको यति छोटो हवाई इतिहासमा भएका यती धेरै दुर्घटनाले नेपालको हवाई सुरक्षालाई गिज्याइरहेको छ । हरेक पटक विमान दुर्घटना हुँदा छानबिन समिती बन्छ । जसोतसो छानबिन समितिले प्रतिवेदन पनि निकाल्छ ।

तर त्यो प्रतिवेदन न आम नागरिकले देख्न पाउँछन् न प्रतिवेदनमा देखिएका कमजोरिलाई सुधार गर्न सरकार नै गम्भिर भएको लागेको देखिन्छ । यसरी बर्सेनि हुने हवाइ दुर्घटनाले अन्तिराष्ट्रिय रुपमा नेपाललाई लज्जाबोध बनाइरहेको छ । त्यसैले यस बिषयमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी देखिन्छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस

त्रिदेशीय महिला टी २० सिरिजः नेदरल्यान्ड्समाथि थाइल्यान्डको सहज जित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० महिला

रास्वपा सांसदहरुले १५ मिनेटका लागि बहिष्कार गरे संसद् बैठक

काठमाडौं । सभामुखले आकस्मिक समयमा बोल्न नदिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका