२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एनभिए भलिबलः पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिस च्याम्पियन



काठमाडौं । हेल्प नेपाल स्पोर्टस् क्लव पुरुषतर्फ र विभागीय टोली नेपाल पुलिस क्लव महिलतर्फ सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न फाइनल खेलमा हेल्प नेपालले साविक विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा पराजित गर्दै पुरुषतर्फ च्याम्पियन बन्दा पुलिसले पनि साविक विजेता न्यु डायमण्ड स्पोटर््स क्लवमाथि ३–२ प्रतिष्पर्धात्मक सेटमा जित निकाल्दै उपाधि उचालेको हो ।

पुरुषतर्फको प्रतिष्पर्धामा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दा हेल्प नेपालले २५–२२, २६–२४ र २५–२३ को सेटमा जित निकालेको हो । हेल्प नेपाल यसअघि आर्मीसँग क्लव च्याम्पियनसिप, क्लव लिग र टाइगर कपमा फाइनलमा पराजित भएको थियो । च्याम्पियन बनेसँगै हेल्प नेपालले नगद ४ लाख रुपैयाँ हात पारेको छ ।

यस्तै उपविजेता बनेको आर्मीले २ लाख रुपैयाँमा चित्त बुझायो । यस्तै आईतवार नै तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा पुलिसलाई हराएको एपिएफले १ लाख रुपैयाँ हात पारेको छ । यस्तै महिलातर्फको फाइनलमा भिडन्तमा पनि साविक विजेता उपविजेतामा खुम्चियो । साविक विजेता न्यु डायमण्डलाई पराजित गर्ने क्रममा पुलिसले पहिलो सेट २२–२५ ले गुमाएको थियो ।

पछि परेपनि सम्हालिएको प्रदर्शन गरेको पुलिसले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दा खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तेस्रो सेट २५–२७ ले न्यु डायमण्डलाई सुम्पिएको पुलिसले चौथो सेट २५–१९ ले जित निकाल्दा खेल पाँचौ सेटमा लम्बिएको थियो । पाँचौँ तथा निर्णायक सेटमा पुलिसले १५–११ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।

रोमाञ्चक जित निकाल्दै च्याम्पियन बनेको पुलिसले उपाधिसँगै चार लाख रुपैयाँ प्राप्ता गर्दा उपविजेता न्यु डायमण्डले दुई लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै आईवार नै तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा आर्मीलाई ३–२ को सेटमा पराजित गरेको एपिएफले नगद एक लाख रुपैयाँ हात पारेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको