८ चैत्र २०८२, आइतबार । March 22, 2026

विमान दुर्घटनाः ६८ जनाको शव फेला, १३ जनाको सनाखत


१ माघ २०७९, आइतबार  

9
Shares

कास्की । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा यति एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फ्रान्सेली नागरिक १ जना सवार रहेका थिए ।

विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए । ७२ जना सवार रहेको उक्त विमान दुर्घटनामा अझैँ पनि ४ जनाको अवस्थाको बारेमा जानकारी प्राप्त भएको छैन् । हाल क्रेनको प्रयोग गरेर खोजी कार्य चलिरहेको छ ।

मृत्यु भएका ६८ जना मध्य हालसम्म १३ जनाको सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा। सुशिल श्रेष्ठ, डा.सोना दिवाकर, अरुण पौडेल कुश्मा र प्रसिद्धि पौडेल छन् । प्रहरीका अनुसार पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ, कोरियन नागरिक क्युङ्गचुल यु, विजय कुमार गुरुङ र बागलुङ घर भएकी रचना काफ्ले पौडेलको सनाखत भएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो