२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

गण्डकी प्रदेशको सभामुखमा धिताल निर्वाचित


३० पुस २०७९, शनिबार  

6
Shares

कास्की । गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् ।

उनले ३२ मत पाएका छन् । गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो । कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो । उनले २६ मत प्राप्त गरेका छन् ।

सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएका थिए । नेकपा (एमाले)बाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिन पाएनन् भने नेपाली कांग्रेसका एक सदस्य अनुपस्थित रहेका थिए । सभामुखमा निर्वाचित भएका धिताल मङ्सिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

उनि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्जसमेत रहेका छन् । सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो । सोहीअनुसार नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् ।

गण्डकी प्रदेशसभामा ६० सदस्य छन् । प्र्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य रहेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ५ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ