१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड


३० पुस २०७९, शनिबार  

6
Shares

एजेन्सी । रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

रुस–युक्रेन वार्ताको वातावरण बनाउन पहल अन्तर्राष्ट्रिय समुदायबाट हुनुपर्ने पनि उनले बताएका छन् । राष्ट्रङ्घीय सुरक्षा परिषद्मा चिनियाँ राजदूतले आपसी मतभेद मिलाउन सरकारवाला पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिएका छन् । उनले जारी द्वन्द्व अन्त्य गर्न तथा युरोपेली सुरक्षा संरचना सुदृढ तुल्याउन वार्ताको प्रयत्न हुन जरुरी भएको विचार व्यक्त गरे ।

विशेष गरी वर्तमान परिस्थितिमा ठूलो प्रभाव पार्ने देश तथा अन्तर्राष्ट्रिय समुदायले रुस र युक्रेनलाई वार्तामा संलग्न हुन र सङ्कटको राजनीतिक समाधानको मार्ग पहिल्याउन मद्दत गर्नुपर्ने चिनियाँ स्थायी प्रतिनिधिले बताए । नाकाबन्दीको अवधि बढाउने तथा हातहतियारको आपूर्तिलाई निरन्तरता दिँदा परिस्थिति अझ जटिल हुने चेतावनी दिँदै चिनियाँ कूटनीतिज्ञले द्वन्द्व घटाउनेतर्फ लाग्नु अपरिहार्य भएको बताए ।

साथै उनले युद्धबाट प्रभावितलाई मानवीय सहायता उपलब्ध गराउनुपर्ने र युक्रेनका क्षतिग्रस्त ऊर्जा पूर्वाधार यथाशीघ्र मर्मत गराउन आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । शान्ति स्थापनाका सबै काममा चीनको सक्रिय सहभागिता एवम् सहयोग रहने पनि उनले स्पष्ट पारेको छन् ।

जापोरिझहिया आणविक ऊर्जा केन्द्रको सुरक्षामा असर पार्ने सबै सैन्य कारबाही तत्काल बन्द गर्न आग्रह गर्दै चीनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएईए)लाई केन्द्रका सम्बन्धमा रुस र युक्रेनसँग सञ्चार कायम राख्न सहयोग गर्ने जानकारी राजदूत झाङले दिएका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ५ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली