८ चैत्र २०८२, आइतबार । March 22, 2026

आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा सत्र जनाको ज्यान गयो


२८ पुस २०७९, बिहिबार  

6
Shares

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।

गत मङ्गलबारबाट सो आँधी सुरु भएको र बुधबार बिहानसम्म ज्यान जानेको संख्या १७ पुगेको बताइएको छ । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको ज्यान गएको र केही भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ । आँधीसँगैको वर्षाबाट बाढी र पहिरो पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका मौसमसम्बन्धी अधिकारीहरुले आँधीका कारण केही वर्ष यताकै ठूलो क्षति भएको जनाएका छन् । उनीहरुले सडक भत्किएका र यहाँका विजुली तथा ग्यासका पाइपसम्बन्धी संरचनाहरुमा क्षति पुगेको छ । मौसम पूर्वानुमान शाखाका अधिकारीहरुले आँधीको सम्भावना रहेकाले बुधबार पनि घर बाहिर ननिस्कन सर्वसाधारणहरुलाई सूचना जारी गरेका छन् ।

यस आँधीले यहाँका जनावर तथा चौपाया पनि मरेका छन् । यस क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्र आँधीबाट बढी प्रभावित भएको छ । सो क्षेत्रका हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लैजानुपर्ने बताइएको छ । तर आँधी निरन्तर रहेकाले उनीहरुको उद्धारमा पनि कठिनाई उत्पन्न भएको बताइएको छ ।

सो राज्यमा संकटकालको घोषणा गरेर आवश्यक उद्धार कार्य गर्नका लागि अमेरिकी सरकारले अधिकार प्रदान गरेको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले भने सबै नागरिकलाई सतर्क रहन भनेको छ । यहाँ चिसो मौसममा पनि यस्तो आँधी आउने गर्दछ । सन् २०१८ को जनवरीमा पनि यस्तै आँधीका कारण कम्तीमा पनि २३ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ११ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो