३ बैशाख २०८२, बुधबार । April 16, 2025

राजनीतिक दलहरुलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन



काठमाडौं । निर्वाचन आयोगले देशभरिबाट निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरु बढ्न थालेपछि दलहरुलाई ७ बुँदे निर्देशन दिएको छ ।

निर्वाचन आयोगले लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने गतिविधि भएको सूचना विभिन्न माध्यमबाट प्राप्त भएको जनाएको छ ।

सोही सूचनाहरुलाई आधार मान्दै आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नको लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न पुनः निर्देशन दिएको छ । नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचार प्रसार नगर्न आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आचार संहितामा मतदान हुने दिन भन्दा सत्र दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चार माध्यममा कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था भएकाले सो अवधि कात्तिक १७ गतेभन्दा अघि राजनीतिक दल तथा उम्मेदवारलाई जुलुस, आमसभा, कोणसभा जस्ता कार्यक्रम तथा सञ्चारमाध्यमबाट कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण नगर्न आयोगले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्चतम बिन्दुमा, चाँदीको दर पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको

लायन्स ३२५ आर को तेस्रो महाधिवेशन सफल, डीके ढुङ्गाना अन्तर्राष्ट्रिय दौडमा

काठमाडौं । सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट

बालुवाटारमा सत्ता साझेदार दलहरूको उच्चस्तरीय बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसबीचको

वीरगञ्ज भन्सारको राजस्वमा ठूलो फड्को, नौ महिनामा कति संकलन भयो ?

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले