२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित


२७ पुस २०७९, बुधबार  

6
Shares

बाँके । हुस्सु र शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन् ।

नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरु ढिलो र स्थगित हुने गरेका हुन् । हरेक दिन जहाजले एउटा मात्रै उडान भर्ने भएपनि यात्रुहरु धेरै नहुने गरेको स्थानीयहरु बताउँछन् । जहाजको क्षमता १८ जनाको भएपनि जहाजमा समानहरु भरेर दैनिक करिब १२ देखि १५ जना मात्रै हुने गरेको स्थानीयको भनाई छ । नेपालगञ्ज विमानस्थलबाट समान्य मौसममा दैनिक २० देखि २५ वटा उडान हुँदै आएको छ ।

विमान स्थालबाट काठमाडौं, पोखरा लगायत विभिन्न पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, बाजुरा, रुकुम जिल्लामा पनि उडान हुँदै आएको छ । अहिले जाडो मौसममा हुस्सु र शितलहरका कारण विमानस्थलबाट हुने उडान प्रभावित हुँदै आएको नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेशप्रसाद खनालले बताए । उनले बिहान हुने उडान मौसम खराबीका कारण दुईदेखि तीन घण्टा ढिलो हुने गरेको बताए ।

चिसोका कारणले पहाडी भेगका मानिसहरु धेरै कम मात्रामा जहाजबाट यात्रा गरिरहेको प्रमुख खनालको भनाई छ । जहाजमा मानिसहरु यात्रा कम गर्न थालेपछि एयारलइन्सहरुले कार्गो गरिरहेको उनले बताए । यात्रुहरु अपुग भएपछि एरलइन्सहरु मिलेर सिमित उडान गरिरहेको प्रमुख खनालले जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ