१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण


१ कार्तिक २०७९, मंगलबार  

12
Shares

कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफ्ट टेनिस प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ क्लवले स्वर्ण पदक जितेका छन् ।

पोखरामा जारी प्रतियोगितामा मंगलवार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक/एक स्वर्ण पदक जितेका हुन् । पुरुष युगलतर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जिते ।

फाइनलमा पराजित प्रदेश १ का युकेश योञ्जन र आशिष बोहराको जोडीले रजत पदक प्राप्त गर्दा वागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डेको जोडी र गण्डकी प्रदेशका शक्ति शर्मा र धर्मबहादुर लामिछानेको जोडीले कास्य पदकमा चित्त बुझाए ।यस्तै महिलातर्फ एपीएफले स्वर्ण पदक जित्यो । एपीएफका भगवती बि.क. र समृद्धि महर्जनको जोडीले एपीएफलाई स्वर्ण पदक दिलाएका हुन् ।

उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतीका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण पदक दिलाए । पराजित लुम्बिनी प्रदेशका ऋतीका र विमलाले रजत पदक प्राप्त गरे । यही प्रतिष्पर्धामा प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी तथा नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले कास्य पदकमा चित्त बुझाएका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली