११ मंसिर २०८१, मंगलबार । November 26, 2024

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० बढी घाइते



एजेन्सी । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ४० जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् ।

दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार बसमा गरी कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए । “यो एक गम्भीर दुर्घटनामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्य करिब ९० जना घाइते भएका छन्,” पश्चिम अफ्रिकी देश सेनेगलका अग्नि नियन्त्रक चेख फलले भने ।

स्थानीय समयअनुसार आइतबार बिहान ३ः१५ बजे राष्ट्रिय राजमार्गमा भएको दुर्घटनापछि सबै पीडितलाई काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा लगिएको उनले बताए । भग्नावशेष र भत्किएका बसहरू हटाइसकिएको र सामान्य यातायात सुचारु भएको उनको भनाई छ । गभर्नर र स्थानीय अधिकारीहरूले घटनास्थलको भ्रमण गरेको पनि उनले उल्लेख गरेका छन् ।

सेनेगलमा चालकको अनुशासनहीनता, कमजोर सडक र जीर्ण सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको विज्ञहरूले बताएका छन् । यद्यपि यो हालैका वर्षहरूमा एउटै सडक दुर्घटनामा भएको सबैभन्दा धेरै मृत्यु सङ्ख्या हो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दृष्टिबिहीन टी–२० विश्वकपः नेपालसँग ११ रनले पराजित भयो दक्षिण अफ्रिका

काठमाडौं । पाकिस्तानमा जारी दृष्टिबिहीन टी–२० विश्वकप अन्तर्गत आफ्नो चौथो

एनपिएलको ‘बेस्ट प्लेयर’ ले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने

साताको तेस्रो कारोबारको दिन आज उच्च अंकले बढ्यो नेप्से

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । आगामी २९ नोभेम्बरबाट मलेसियामा सुरु हुने एसिसी यू-१९

ओरालो लाग्यो सुनको भाउ, आज तोलामा २ हजार ६ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको