३ बैशाख २०८२, बुधबार । April 16, 2025

लोकतन्त्रका लागि सत्तागठबन्धनलाई बहुमत दिलाउन देउवाको आग्रह



ललितपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका छन् ।

मंगलबार ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी आमनिर्वाचनमा रुख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरे ।

गठबन्धन दलका उम्मेदवारलाई कांग्रेसका सबै नेता कार्यकर्ता तथा आफूले पनि स्थानीय तहको निर्वाचनमा भोट हालेको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पनि गठबन्धन दलका उम्मेदवारलाई सबैले सबैलाई भोट हाल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद भङ्ग गरेको प्रसङ्ग उल्लेख गर्दै उनले जनताले चुनेको संसद मन लाग्यो भन्दैमा लहडमा भङ्ग गर्न नपाईने बताउँदै यस्तै नहोस् भनेर नै संविधान बनाउँदा सो बारेमा संविधानमा आवश्यक व्यवस्था उल्लेख गरेको प्रष्ट पारे ।

लोकतान्त्रिक प्रणालीमा निर्वाचन गर्ने निर्धारित र आवधिक समय हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोही समयानुसार नै अहिले निर्वाचन हुन लागेको स्पष्ट पारे । उनले नेपालको संविधान अनुपम रहेको उल्लेख गर्दै सबै मिलेर देश बनाउनुपर्ने आवश्यकता औल्याए ।

सबै वर्ग, क्षेत्र र समुदायको देश भएकाले नै त्यसका लागि समावेशी लोकतन्त्र अपनाएको र यो कुरा संविधानले व्यवस्था गरेको प्रधनमन्त्री देउवाको भनाई छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ५ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्चतम बिन्दुमा, चाँदीको दर पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको

लायन्स ३२५ आर को तेस्रो महाधिवेशन सफल, डीके ढुङ्गाना अन्तर्राष्ट्रिय दौडमा

काठमाडौं । सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट

बालुवाटारमा सत्ता साझेदार दलहरूको उच्चस्तरीय बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसबीचको

वीरगञ्ज भन्सारको राजस्वमा ठूलो फड्को, नौ महिनामा कति संकलन भयो ?

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले