१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

टी-२० लिगमा फिक्सिङको भ्रम फैलाइयो: क्यान


२० पुस २०७९, बुधबार  

6
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगमा ‘म्याच फिक्सिङ’ भनेर मिथ्या र भ्रामक सूचना फैलाइएको जनाएको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगमा ‘म्याच फिक्सिङ’ भएको हल्ला चलेपछि क्यानले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको हो । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बुधबार प्रेस विज्ञप्ति जारी गरी –म्याच फिक्सिङ र स्पोट फिक्सिङ’ भनेर फैलाएको भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी हुने यस्ता गतिविधि अन्त्य गर्ने क्यानले प्रतिबद्धता जनाएको छ ।

क्यानले क्रिकेट र राष्ट्रलाई नै हानि हुने यस्ता भ्रामक सूचना नफैलाउन पनि आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ,‘संघ र राष्ट्रका नाममा मिथ्या तथा भ्रामक सूचनाहरू नफैलाउन संघ विनम्र अनुरोध गर्दछ।’ यससँगै क्यानले ‘म्याच फिक्सिङ’ का विषयमा कुनै सूचना भए जानकारी दिन पनि अनुरोध गरेको छ।

क्यान वा नेपाल टी–२० लिगको एन्टिकरप्सन एकाइमा उजुरी दिन सकिने पनि जनाइएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली