२७ माघ २०८१, आइतबार । February 9, 2025

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने



काठमाडौं । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोजं) का लागि खोप आउने भएको छ ।

‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिए । यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रुपमा ‘गाभी’लाई पत्र लेखेको थियो ।

कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो । उनका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो । छिमेकीमूलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ । यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनीक

बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा बस दुर्घटना, २३ जना घाइते

चितवन । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आजको विनिमयदरः अमेरिकी डलर सामान्य घट्यो, अन्यको मुद्रा कुन कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको