७ चैत्र २०८२, शनिबार । March 22, 2026

आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय


१९ पुस २०७९, मंगलबार  

6
Shares

सप्तरी । सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ ।

पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सो फैसाला र गरेको हो । साथै आरोपितहरूको नजिकका नातेदार रहेका उनीहरूबाट रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउनुपर्ने पनि फैसला पनि भएको अदालतका श्रेस्तेदार कुमार मास्केले बताए ।

बलात्कारको घटनापछि आरोपितहरूविरुद्ध उजुरी गर्न रोक लगाउँदै उनीहरुले पीडित परिवारलाई प्रहरीकहाँ उजुरी गरे गाउँ निकाला गर्ने र सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका थिए । न्याय पाउने आशा मरेपछि घटनाको भोलिपल्टै पीडित बालिकाले आत्महत्या गरेकी जनाइएको छ । शत्रुघनका दाजु ६५ वर्षीय जयकान्त मण्डल, भाइ ४५ वर्षीय देबु मण्डल, सोही गाउँका ५० वर्षीय सत्यनारायण मण्डल, ६० वर्षीय वासुदेव मण्डल, ४५ वर्षीय बिन्देश्वर मण्डल र वंशराज मण्डललाई जनही रु २० हजार जरिवाना गर्ने फैसला भएको छ ।

निजहरू सबैबाट समेत जनही रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउने फैसला भएको अदालतका श्रेस्तेदार मास्केले बताए । सामूहिक बलात्कारका मुख्य आरोपित १७ र १६ वर्षीय दुई बालकलाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि यही पुस २८ गतेको मिति निर्धारण गरिएको छ । बलात्कारको आरोपमा २०७७ असोज १ गते पक्राउ परेका दुई बालक अदालतको आदेशमा असोज २७ गतेदेखि पुर्पक्षका लागि बाल सुधारगृह वीरगञ्जमा छन् ।

सोही घटनामा ‘वारेण्ट’पछि अदालतमा हाजिर भएका २७ वर्षीय धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ । अर्का फरार २५ वर्षीय विसु भनिने विष्णु मण्डलको हकमा पक्राउ परेपछि फैसला हुने गरी मुद्दा मुल्तबी राख्ने फैसला भएको छ । प्रहरीले आत्महत्या दुरुत्साहनमा जयकान्त, वासुदेव र सत्यनारायणलाई २०७७ भदौ ३० गते नै पक्राउ गरेको थियो ।

उनीहरु जनही रु एक लाख १० हजार धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका थिए । प्रहरीले राजविराजबाट २०७७ पुस ६ गते शत्रुघनलाई पक्राउ गरेकामा अदालतको आदेशानुसार पुस ८ गते रु दुई लाख धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए । आफ्नो धानखेतमा पानी हेर्न गएकी बालिकामाथि २०७७ भदौ २९ गते बिहान सामूहिक बलात्कार भएको थियो ।

बलात्कारको उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि घटनाको दोस्रो दिन भदौ ३० गते उनले आत्महत्या गरेकी थिइन् । सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेले नै रोक लगाउँदै धम्कीपूर्ण चेतावनी दिएपछि पीडित बालिकाले घरमै झुण्डिएर आत्महत्या गरेको भन्दै पीडितकी आमाले उजुरी दिएका थिए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो