११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

व्यवस्था जोगाउन गठबन्धन कायम


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउन लोकतान्त्रिक बाम गठबन्धन कायम राखिएको बताएकी छन् ।

मंगलबार बिहान हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान अपनत्व गर्दै हस्ताक्षर नगर्ने शक्तिले लोकतन्त्र बचाउँछ भन्नु भ्रम भएको बताईन् । आफू पहिलो पटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भए पनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेट पहिलादेखि नै व्यवस्था गर्दै आएको उपाध्यायको भनाई छ ।

त्यस्तै नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवं सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नं– २ ‘ख’ मा उम्मेदवारी दिएका इन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने उल्लेख गरे । उनले मकवानपुरको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे ।

मकवानपुरमा सत्तारुढ गठबन्धन, नेकपा एमाले तथा अन्य राजनीतिक दलका उम्मेदवारले विभिन्न कार्यक्रम आयोजना गरी चुनाव लक्षित गतिविधिलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली