२४ बैशाख २०८२, बुधबार । May 7, 2025

फिफा विश्वकप फुटबल

कतार विश्वकपको उपाधि अर्जेन्टिनालाई



एजेन्सी । कतार विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाले ३६ बर्षपछि तेश्रो उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे ।

त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरे । तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके । अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे । २–१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे ।

अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३–१ मा पुर्‍याए । फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका लागि चौथो पेनाल्टीलाई गोञ्जालो मोन्टेलले जाली चुमाए । यसअघि खेलमा अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

८० मिनेटसम्म अर्जेन्टिनाले २–० को अग्रता बनाएको थियो । लियोनेल मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । निर्धारित ९० मिनेटमा दुवै टिमबाट २–२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

१०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए । तर फ्रान्सले ११८ औं मिनेटमा अर्को पेनाल्टी पायो । जसलाई युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक उछाल, ६१ अंकले परिसूचक उक्लिँदै २६७२ विन्दुमा

काठमाडौं । नेपाली सेयर बजारमा बुधबार विशेष उत्साह देखियो। लामो

भारत-पाकिस्तान तनावः मोदीले रद्द गरे युरोप भ्रमण

एजेन्सी । पाकिस्तानमा भारतीय सेनाद्वारा गरिएका निशानात्मक कारबाहीपश्चात भारत–पाकिस्तानबीचको तनाव

भारत–पाकिस्तान तनावः भारततर्फ १० र पाकिस्तानतर्फ ३६ सर्वसाधारणको मृत्यु पुष्टि

एजेन्सी । गएरातिदेखि भारत–पाकिस्तान सीमा क्षेत्रमा चर्किएको तनावले ठूलो मानवीय

दुई महिनादेखि उडा ठप्प ! विमानस्थलको गेटमै चर्कियो आन्दोलन

रुपन्देही । पछिल्ला दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान नहुँदा गौतम बुद्ध

आतंकवाद नरोकेसम्म पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैनः गौतम गम्भीर

एजेन्सी । भारतका पूर्व क्रिकेटर तथा वर्तमान प्रशिक्षक गौतम गम्भीरले