२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

न्यून चापीय प्रणालीको प्रभावः ३ प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

विभागले प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने विभागले जनाएको छ ।

देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन समेत विभागको अनुरोध छ । राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.७ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव एक डिग्री र सबैभन्दा धेरै धरानको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप