२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नवलपरासीमा शीतलहरबाट जोगिन पूर्वतयारी सुरु


३ पुस २०७९, आइतबार  

6
Shares

नवलपरासी । चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा पूर्वतयारी थालिएको छ ।

चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी बैठकले शीतलहर आपत्कालीन कार्ययोजना २०७९ पारित गरी लागू गर्ने निर्णय गरेको छ ।

नवलपरासीसहित तराईका जिल्लामा चिसो मौसमसँगै शीतलहरका कारण विशेषगरी विपन्न, गर्भवती , बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुने भएकाले लक्षित वर्गलाई जोगाउन आवश्यक तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । “सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा सामूहिक धुनी (आगो ताप्ने) प्रबन्ध मिलाउन डिभिजन वन कार्यालयले न्यूनतम शुल्कमा दाउरा उपलब्ध गराउनेछ उनले बताए ।

शीतलहरबाट बच्ने उपायका बारेमा सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रकाशन तथा प्रसारण गर्ने एवं शीतलहरको समयमा सडकयात्राको क्रममा दुर्घटनाको जोखिम हुने भएकाले सवारीसाधनमा फग्गी लाइटको अनिवार्य व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ । त्यसैगरी विद्यार्थीको स्कुल झोलामा रिफ्लेक्टिभ टेप वा स्टिकर टाँस्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

बैठकले जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा विपद् प्रभावित २० परिवारलाई वितरण गरिएको रु ९२ हजार अनुमोदन गरेको छ । शीतलहरको प्रभाव न्यून गर्ने पूर्वतयारीको कार्यमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिँदै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले दैवीप्रकोप उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न स्थानीय तह तथा सरोकारवाला सङ्घसंस्थालाई आग्रह गरे ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ