२२ माघ २०८२, बुधबार । February 4, 2026

शिभाली गुरुङ बनिन् च्याम्पियन



काठमाडौं । नेपालकी शिभाली गुरुङ २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा शनिबार च्याम्पियन बनेकी छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै दोहोरो स्वर्ण जितिन् । यसअघि शिभालीले नेपालकी स्वस्तिका विष्टसंग मिलेर गल्र्स डबल्समा स्वर्ण जितेकी थिइन् ।
ब्वाइज सिंगल्समा भारतका भिभान मिर्धाले नेपालका आयुशमान हजुर घलेलाई शुक्रबार फाइनलमा ५–७, ७–६ (३) र ६–२ ले हराउदै पहिलो स्थान हात पारेका थिए ।

नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा शनिबारै भएको ब्वाइज डबल्समा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीलाई सीधा सेटमा ६–४ र ६–४ ले पाखा लगाए । विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे, प्रतियोगिता निर्देशक मालिका बस्नेत राणालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

छदिने प्रतियोगितामा २६ ब्वाइज र १७ गल्र्स गरी ४३ खेलाडी सहभागी थिए । सिंगल्स र डबल्समा प्रतिस्पर्धा भएको थियो । एसियाली टेनिस महासंघको स्वीकृतिमा सञ्चालित प्रतियोगिताअन्तर्गत सर्किट– २ का खेलहरु सोमबारदेखि हुने नेपाल टेनिस संघका कार्यालय सविच प्रवीण देवकोटाले जनाएका छन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल