१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

आयुशको अपराजित यात्रा कायमै


२८ मंसिर २०७९, बुधबार  

6
Shares

काठमाडौं । नेपालका आयुशमान हजुर घले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा अपराजित यात्रालाई कायम राख्दै क्वाटरफाइनलमा आयुशले हङकङका यु हिन वोङलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा नेपालबाट आयुशसहित ७ खेलाडी सहभागी थिए । बाँकी ६ को चुनौती सकिएको छ ।

ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले यमनका हमुद इयादलाई ६–३ र ६–३, भारतका सिद्धार्थ जिबुले बंगलादेशका मोहम्मद अलिफ होसेनलाई ६–१ र ६–१ तथा भारतका भिभान मिर्धाले हङकङका चुन हेइ काइसन फुङलाई ६–० र ६–४ को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाए । नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा शीर्ष तीन स्थानको पदक नेपाली खेलाडीले निश्चित गरेका छन् । चारै खेलाडी सेमिफाइनल पुगेसंगै नेपालको शीर्ष तीन स्थानको पदक पक्का भएको हो ।

क्वाटरफाइनलमा चारै नेपाली खेलाडीले भारतीय खेलाडीलाई पाखा लगाए । नेपालबाट ८ गल्र्स खेलाडीले प्रतिस्पर्धा गरेकोमा ४ बाहिरी सके । प्रशंसा मोक्तानले प्रेरणा सन्ट्रालाई ६–० र ६–०, शिभाली गुरुङले तनिशा भत्नागरलाई ७–५ र ६–३, आद्या पौडेलले सान्भी रेडी भ्युन्द्यालालाई ६–३, १–६ र ७–६(३) तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६–४ र ६–४ को सेटमा पाखा लगाए ।

सेमिफाइनलमा प्रशंसाको भेट शिभालीसंग हुनेछ भने आद्याले स्वस्तिका विरुद्ध खेल्ने  छिन् । ब्वाइज डबल्समा बंगलादेशका अलिफ होसेन र मुन तुसार, हङकङका फुङ र छियोङ मोरिस ताङ, भारतका सिद्धार्थ र भिभान, भारतकै सञ्जय गिरिश र किशोर श्रीराम तथा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुदले क्वाटरफाइनलमा स्थान पक्का गरे । गल्र्स डबल्समा नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडीले नेपालकी प्राज्ना मानन्धर र अमेरिकाकी नाला जोस्फिल मास्केलाई ६–१ र ७–५ ले पन्छ्याउदै फाइनलमा पुगे ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ८ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली