५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

घुस रकम सहित कम्प्युटर अपरेटर पक्राउ



मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले जिल्ला प्रशासन कार्यालय पर्सामा कम्प्युटर अपरेटर पदमा कार्यरत सञ्जयप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ ।

विशेष उजुरी एवं सुचनाका आधारमा अपरेटर यादवलाई सेवाग्राहीसँग रु पाँच हजार घुस लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटाँैडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार रोक्का रहेको जग्गा फुकुवा गरिदिने भनी सेवाग्राहीसँग अवैधरूपमा रकम माग गरिरहको सूचना आएपछि अख्तियारको टोलीले सो रकमसहित रङ्गेहात पक्राउ गरिएको हो ।

निजलाई नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अगाडि बढाइएको अख्यिारले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गभर्नरमा डा.गुणाकर भट्ट ! चुनौतीपूर्ण अर्थतन्त्रमा विश्वासिलो हात

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सत्तारूढ गठबन्धन

चीनको चेतावनी: “अर्थहीन करले व्यापार युद्ध मात्र बढाउँछ”

एजेन्सी । चीनले अमेरिकाद्वारा गरिएको कर वृद्धिको कडा आलोचना गरेको

वीरगञ्जमा शान्ति फर्कियो: हटाइयो निषेधाज्ञा

पर्सा । वीरगञ्ज महानगर क्षेत्रमा जारी गरिएको निषेधाज्ञा आज बिहानदेखि

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !

काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला