१४ चैत्र २०८२, शनिबार । March 28, 2026

कांग्रेस नेता भट्टको निधन


३१ आश्विन २०७९, सोमबार  

6
Shares

बैतडी। नेपाली कांग्रेस बैतडीका पुराना नेता महेशशरण भट्टको सोमबार निधन भएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–४ पिपलकोट निवासी भट्टको ७५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार भट्ट श्वासप्रश्वासका बिरामी थिए। भट्ट केही वर्षयता सक्रिय राजनीतिबाट टाढा भए पनि सामाजिक क्षेत्रमा निकै परिचित नाम हो ।

नेपाली कांग्रेस बैतडीको सचिवसमेत रहेकाका भट्टले विभिन्न सङ्घसंस्थाको नेतृत्वसमेत गरेका थिए । भट्ट नेपाल परिवार नियोजन सङ्घ बैतडीको सभापतिसमेत रहेका थिए । श्रीकेदार मावि पिपलकोटको संस्थापक प्रधानाध्यापकका रूपमा काम गरेका भट्टले समाज परिवर्तनका लागि थुप्रै काम गरेका थिए ।

भट्टको निधनसँगै बैतडी कांग्रेसले एक कुशल अभिभावक गुमाएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए।भट्टको निधनमा कांग्रेसका नेता, कार्यकर्ताका साथै अन्य व्यक्तिले समेत शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र