११ चैत्र २०८२, बुधबार । March 25, 2026

गणेश ‘मार्मिक’ को महाकाव्य ‘श्रीधरा’ विमोचित


२६ मंसिर २०७९, सोमबार  

69
Shares

काठमाडौं । साहित्यसुधा नेपालका उपाध्यक्ष तथा प्रगतिशील लेखक सङ्घ, भक्तपुरका अध्यक्ष साहित्यकार गणेश घिमिरे ‘मार्मिक’ कृत महाकाव्य ‘श्रीधरा’ सार्वजनिक भएको छ ।

प्रमुख अतिथि प्रा.डा.माधवप्रसाद पोखरेलका साथ वरिष्ठ समालोचक डा.रामप्रसाद ज्ञवाली, विशिष्ट अतिथि साहित्यकार गोविन्दप्रसाद कुसुम लगायत विशिष्ट व्यक्तित्वहरूबाट महाकाव्य श्रीधराको विमोचन गरिएको हो । ​साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सोही संस्थाका सह–सचिव कृष्णदेव रिमालले गरेका थिए भने सदस्य राजेन्द्र घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

शुभकामना मन्तव्य दिनेहरुमा नेपाल सरकारका पूर्व सचिव तथा लोकसेवा आयोगका पूर्व सदस्य साहित्यकार गोविन्द कुसुम तथा साहित्यसुधा नेपालका सल्लाहकार कवि कलानीधि दाहाल समेत थिए । ​कार्यक्रममा कवि सुशिला शर्मा धमला, पूजन मिश्र, सविता बराल तथा इन्दिरा दाहालले श्रीधरा महाकाव्यबाट केही काव्यांश पाठ गरेर कार्यक्रममा रोचकता थपेका थिए । स्रष्टा परिचय, समीक्षा तथा शुभकामनाका क्रममा बक्ताहरुले महाकाव्यकार मार्मिकको शालीन व्यक्तित्व, मिहिनेत, काव्यक्षमता, काव्यशिल्प, शब्द संयोजन कला र विषयगाम्भीर्यको चर्चा गर्दै महाकाव्यको उत्कृष्ठताको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कुल ३५ वटा छन्दमा लेखिएको श्रीधरा महाकाव्यमा सिङ्गो नेपाल राष्ट्रको चित्र उतारिएको चर्चा पनि गरियो । महाकाव्यकार मार्मिकले यस महाकाव्यमा दिवङ्गत साहित्यकार वसन्तकुमार शर्माको आशीर्वाद मिसिएको चर्चा सहित आफ्ना केही कुराहरु राख्दै सम्बद्घ सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali