११ चैत्र २०८२, बुधबार । March 25, 2026

सरकारले सडक सुरक्षाका लागि आवश्यक श्रोत, साधन परिचालन गर्न नसकेको विज्ञको गुनासो


२६ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । नेपालमा सडक सुरक्षाको माग पनि बढ्दै गएको भन्दै विज्ञहरुले सडक सुरक्षाको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् ।

सरकारले सडक सुरक्षाको लागि पर्याप्त मात्रामा श्रोत, साधनको परिचनालन गर्न नसकेकाले सडक दुर्घटनाहरु बढ्दै गएको विज्ञहरुले गुनासो गरेका हुन् । उनीहरुले विदेशी राष्ट्रहरुले सडक दुर्घटना कम गर्दै शुन्य दुर्घटनाको योजनामा अघि बढ्न थालेपनि नेपालमा भने हालसम्म पनि सडक सुरक्षाको लागि आवश्यक श्रोत, साधन नै परिचालन गर्न नसकिएको बताए । नेपालले दुर्घटना न्युनिकरणको प्रयास र सडक सुरक्षालाई मुख्य प्राथमिकता दिन आग्रह गरे ।

सडक सुरक्षा सम्बन्धी विज्ञ डा.पुष्पराज पन्तले नेपालले सडक सुरक्षालाई गम्भीरताका साथ दिनुपर्नेमा जोड दिए । उनले नेपालमा दैनिक रुपमा सडक दुर्घटनाका घटनाहरु बढ्दै गएपनि सडक निर्माण बाहेकका सडक सुरक्षाका लागि आवश्यक व्यवस्थापन हुन नसकेको बताए । उनले सडक सुरक्षा संकेत तथा तालिम दिनका लागि सरकारले सडक सुरक्षामा प्राप्त बजेट नछुट्याउने लगायतका कमजोरीहरु गरिरहेको बताए ।

उनले साधन, श्रोतहरुको परिचालन हुन नसक्नु, आम नागरिक, नागरिक समाज, राजनीतिक दलहरुले समेत सडक सुरक्षाको आवश्यक्ता महशुस गर्न नसकेको बताए । उनले नेपालको जनसंख्या युवाहरुको बढी भएकाले सडक दुर्घटनामा पनि युवाहरुको मृत्यु बढी हुने गरेको बताए । उनले नेपाल सडक सुरक्षाको हिसावले मध्यम स्थानमा पर्ने बताए । उनले नेपालमा प्रति एक लाख मानिसमा १६ जना सम्मको सडक दुर्घटनामा परी निधन हुने गरेको बताए ।

उनले नयाँ सडकहरु सुरक्षित बनाउनेदेखि भएका सडक संरचनाहरुलाई सुरक्षित गर्ने र सडक दुर्घटना पीडितका मुद्दालाई समेत राम्रोसँग समावेश गरेर नीति, निर्माण गर्नुपर्ने बताए । उनले केही राजनीतिक दलहरुले निर्वाचनताका सडक सुरक्षा सम्बन्धी मुद्दाहरुलाई समेटेको भएपनि पूर्ण रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले सडक सुरक्षा विषयमा छुट्टै ऐन बनाउनुपर्ने बताए । उनले सरकारको नेतृत्व गर्नेहरुले नै सडक सुरक्षाको मुद्दामा अग्रसरता देखाउनुपर्ने बताए ।

उनले नयाँ बन्न लागेको सडक सुरक्षा ऐनमा सडक यात्रुहरुको सुरक्षाको विषयमा आवाज उठाइनुपर्ने बताए । उपभोक्ता ऐनले नै सडक सुरक्षामा समेत काम गर्ने अवस्था भएपनि कार्यान्वयनमा भने चुनौति रहेको बताए । उनले सडक सुरक्षा सम्बन्धी ऐन संसदमा अल्झिएर बसेको भन्दै चाँडो भन्दा चाँडो ऐन पास गर्नुपर्ने बताए । उनले सडक सुरक्षा परिषद्ले सडक सुरक्षा सम्बन्धी कामहरु गर्न नसकेको भन्दै परिषद्मा आवश्यक कर्मचारी खटाएर सडक सुरक्षामा ध्यान दिन जरुरी रहेको बताए ।

उनले नेपालमा सडक डिजाइनको पनि समस्या रहेको बताए । उनले शाखा सडकबाट मुल सडकमा जाँदा पनि समस्या हुने गरेको बताए । उनले सडकमा कुन लेनको काम के हो भन्नेकुरामा पनि दोधार रहेको बताए । उनले मिक्स ट्राफिकका कारण पनि कतिपय समस्या हुने गरेको उल्लेख गरे । उनले सडक साँघुरो भएकै कारण सडक दुर्घटना बढी हुने गरेको नभइ सडकलाई व्यवस्थित गर्न आवश्यक भएको बताए । उनले नेपालका सडकहरुमा पूर्वाधारको समस्या, जनचेतनाको कमी रहेको अध्ययनले देखाएको बताए ।

उनले दुर्घटनालाई कम गर्न सरकारले पूर्वाधार र जनचेताना बिस्तारको क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताए । उनले सडक संकेत, सडक व्यवस्थापनलाई पनि ध्यान दिनुपर्ने बताए । उनले नेपालमा धेरै दुर्घटना चालकको गल्तीले भन्ने गरेको भएपनि सडकमा संकेतहरु कति राखेको छ भन्नेकुरा महत्वपूर्ण रहेको बताए । सडक बनाउने नाममा कमजोर बनाउनु भन्दा भरसक दुर्घटना नै नहोस् भन्ने हिसावले सडकको निर्माण गर्न जरुरी रहेको बताए ।

हरेक सडकका निश्चित गन्तव्यमा दुर्घटना भइहाले उपचारका लागि १ घण्टा भित्रमा अस्पताल पुर्‍याउनसक्ने गरी अस्पतालको निर्माण हुनुपर्ने बताए । उच्च प्रविधिको स्वास्थ्य सेवा जडित एम्बुलेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले सरकारले सडक सुरक्षको नीति, निर्माण र कानून बनाउँदा विज्ञहरुको सल्लाह, सुझाव, उपलब्ध तथ्यांक, तथ्यपरक इन्टरभेन्सनका कार्यक्रमहरुलाई ध्यान राख्न सुझाव दिए । उनले सरकारले सडक सुरक्षामा जनशक्ति विकासदेखि आर्थिक र प्राविधिक श्रोतहरुको व्यवस्थापन गर्नसके सडक सुरक्षामा नेपालले सकारात्मक परिणाम हासिल गर्ने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ३ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali