१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

महानगर दिवसमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल


२६ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताएकी हुन् ।

सोमबार महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताएकी हुन् । उनले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताइन् । 
 
महानगर दिवसका अवसरमा काठमाडौं महानगरले हरेक वर्ष जनपतिनिधि र कर्मचारी बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ । यो वर्ष पनि महानगरले सोमवार  काठमाडौंको दशरथ रंगशालामा फुटबल आयोजना सम्पन्न गरेको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए । प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए ।

जनप्रतिनिधिको टिम कप्तान भएपनि मेयर साह खेलको उत्तराद्र्धमा मात्रै मैदानमा छिरेका थिए तर मेयर साह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । खेल ६-१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो । 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली