४ आश्विन २०८३, आइतबार । September 20, 2026

आजबाट ट्विटरले ब्लु टिक मार्कबापत शुल्क लिने


२६ मंसिर २०७९, सोमबार  

9
Shares

एजेन्सी। एलन मस्कको कम्पनी ट्विटरले सोमबार देखि आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरी सुरु गर्ने भएको छ ।

ट्विटरले आइतबार नै यसको जानकारी गराइसकेको छ । ट्विटरका अनुसार १२ डिसेम्बर आफ्नो ब्लु सब्सक्रिप्सन सेवा फेरी सुरु गर्नेछ । यसको मूल्य एन्ड्रोइड यूजरका लागि ८ अमेरिकी डलर र आईफोन यूजरका लागि ११ डलर प्रति महिना तोकिएको छ ।

मस्कले आईफोन युजरका लागि ट्विटर ब्लू सब्सक्रिप्सन सेवाको मूल्य बढाएका हुन् । एप्पलले ३० प्रतिशत आईओएस एपबाट पैसा असुल्ने गरेको कारण देखाउँदै मूल्य बढाएको ट्विटरको तर्क छ । ट्विटर बिजनेस एकाउन्ट र सरकारी एकाउन्टका लागि अलग्गै चेकमार्क ल्याउने तयारीमा छ ।

कम्पनीका अनुसार, ‘हामी सोमबार ट्विटर ब्लुलाई फेरि सार्वजनिक गर्दैछौं । वेबमा ८ डलर प्रति महिना र आईओएसमा ११ डलर प्रति महिनाको दरले सब्सक्राइभ गर्नुहोला । यसमामात्र सब्सक्राइबरका लागि उपलब्ध सुविधाको फाइदा उठाउन सकिन्छ, जसमा ब्लू चेकमार्क पनि समेटिएको छ ।’

सब्सक्राइब गर्ने प्रयोगकर्ताले आफ्नो ट्विट एडिट पनि गर्न पाउँछन् । साथै १०८० पी को भिडियो अपलोड, रिडर मोड र एउटा नीलो चेकमार्क पनि पाउँछन् । यसबाहेक बिजनेस एकाउन्टका लागि गोल्डेन अफिसियल लेबल र सरकारी अकाउन्टका लागि एउटा ग्रे चेकमार्क पनि आउने ट्विटरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली