२४ माघ २०८१, बिहिबार । February 7, 2025

काठमाडौंमा ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ



काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं’ भन्दै उनीहरुले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीका मिनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचचरकी सृजना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ तथा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।

उनीहरुको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, नगद रसिदसहित ५ लाख ८ हजार ६४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए । उनीहरुमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिरहेको छ । अहिले पीडितहरुको उजुरी लिने काम भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

निरन्तर उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको

त्रिकोणात्मक महिला टी २० सिरिजः आज नेदरल्याण्डस र थाइल्याण्ड भिड्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय त्रिकोणात्मक टी २०

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको बिक्रिदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः काठमाडौंमा चिसो केही बढ्यो, कस्तो छ देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको

माघ २४ गते बिहीबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २४ गते