१ आश्विन २०८३, बिहिबार । September 17, 2026

हर्ष उल्लासका साथ मनाइयो उधौली पर्व


२२ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । बिहीबार उधौली पर्व, देशभर विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ ।

काठमाडौं उपत्यकामा पनि उधौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । बिहीबार ललितपुरस्थित सानो हात्तिवन्को मङहिम मन्दिरमा किराँत समुदायले विभिन्न कार्यक्रम गरेर उधौली पर्व मनाएका छन् ।

सो अवसरमा मौलिक नृत्य, कपडा लगाएर विशेष प्रश्तुती देखाइएको थियो । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व पनि हो । यस अवसरमा ललितपुरको हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ ।

अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेकाले उधौली पर्वलाई विशेष पर्वका साथ किराँत समुदायमा मनाउने परम्परा छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।

वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो । बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताको पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ । सरकारले उधौली पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ३ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ