८ चैत्र २०८२, आइतबार । March 23, 2026

वसन्तपुरमा ज्यापु दिवसको र्‍याली


२२ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदैछ ।

ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन् । आजको दिन हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन् । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायले आज (बुधबार) धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउने परम्परा छ ।

चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भन्ने गरिन्छ । यःमरी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गर्दछन् । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमासमेत मनाउने गर्दछन् । ज्यापु दिवसको अवसरमा वसन्तपुरमा निकालिएको र्‍यालीमा सहभागी हुँदै काठमाडौं महानगरपाकिलाका पूर्व मेयर विद्यासुन्दर शाक्यले १९ औं राष्ट्रिय ज्यापु दिवसमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेको बताए ।

उनले नेपालका किसानहरुले अन्न भित्र्याइसकेपछि मौसम अनुसारको योमरी बनाएर खाने चलनअनुसार सरकारले आजको दिनलाई राष्ट्रिय ज्यापु दिवसका रुपमा मनाउने गरेको समेत बताए । उनले आफ्नो कार्यकालमा महानगरपालिकाले काठमाडौं भित्र रहेका मूर्त, अमूर्त, सम्पदालाई संरक्षण गर्ने, त्यसलाई प्रवद्र्धन गरी पर्यटनसँग जोड्ने अभियान शुरु गरेको र अहिले पनि सांस्कृतिक महत्वका कार्यक्रमहरुले स्थान बढी पाइरहेको बताए । आज राष्ट्रिय ज्यापु दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो