२३ माघ २०८२, बिहिबार । February 5, 2026

समानुपातिकतर्फ १ करोड मतगणना, एमाले पहिलो दल



काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ बुधबार बिहानसम्म करिब १ करोड मतगणना सकिएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २६ लाख ९३ हजार भन्दा बढी मत प्राप्त गरेर पहिलो दल बनेको हो । नेपाली कांग्रेसले २५ लाख ४८ हजार मत प्राप्त दोस्रो दल गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार मत प्राप्त गरेर तेस्रो दल बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार, जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार र जनमत पार्टीले ३ लाख ५६ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । नेकपा एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ८१ हजार मत पाएको छ । निर्वाचनमा खसेको मत मध्ये सदर मतको ३ प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । आयोगले प्रदेशतर्फ समानुपातिकतर्फको मतगणना पनि जारी राखेको छ ।

प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि रहेको छ । मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल