२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

थप १० वर्ष आहा रारा पोखरा गोल्डकपलाई हिमश्रीको साथ


१३ मंसिर २०७९, मंगलबार  

9
Shares

कास्की । हिमश्री फुड्सले प्रालिले कास्कीको चर्चित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई थप १० वर्ष मुख्य प्रायोजन गर्ने भएको छ ।

सहारा क्लब पोखराले २० वर्षअघिदेखि सञ्चालन गर्दै आएको फुटबल प्रतियोगितालाई हिमश्री फुड्सले सुरुआतदेखि नै मुख्य प्रायोजन गर्दै आएकामा थप १० वर्षका लागि तेस्रो पटक साथ दिने गरी सम्झौतामा मंगलबार हस्ताक्षर गरिएको हो । सम्झौतामा हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सहारा क्लबलाई मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले वार्षिकरूपमा आगामी पहिलो तीन वर्ष रु १८ लाख, दोस्रो तीन वर्ष रु २१ लाख, तेस्रो तीन वर्ष रु २४ लाख र विसं २०८८ मा रु २७ लाख सहयोग गर्नेछ ।

हिमश्री फुड्सले यसअघि दुई पटकसम्म उक्त प्रतियोगितालाई १०/१० वर्ष मुख्य प्रायोजकको रुपमा सहयोग गर्दै आएको छ । समाजसेवी उद्योगपति एवं पूर्वसांसद स्व सूर्यबहादुर केसीको पहलमा विसं २०५९ मा आहा गोल्ड कपबाट १० वर्ष सम्झौता भएको थियो भने विसं २०६९ देखि २०७८ को लागि दोस्रो पटक आहा रारा गोल्डकपका नाममा सञ्चालन हुँदै आएको हो । विगतमा आहा राराका नाममा सञ्चालन हुँदै आएको यस प्रतियोगिता आगामी संस्करणदेखि आहा रारा पोखरा गोल्डकप फुटबलका नामबाट सञ्चालन हुने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

कार्यक्रममा प्रालिका निर्देशक किरण केसीले सहारा क्लबको समाजसेवमा थप १० वर्ष जोडिन पाएकोमा खुसी व्यक्त गरे । पोखराको खेलकुदलाई प्रोत्साहन गर्ने आफूहरुको उद्देश्य रहेको उनले बताए । केसीले भने, “सहारा क्लब प्रतियोगिता मात्र होइन समाजसेवामा पनि जोडिएको छ ।

त्यसैले सकारात्मक काममा हाम्रो उत्पादनसँगै जोडिन पाएकोमा हामी केसी परिवार खुसी छौँ ।” राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले क्लवले सामाजिक कार्यमा बचत रकम खर्चिने भएकाले उक्त प्रतियोगिता सञ्चालन गर्दा पोखरा रङ्गशाला न्यूनतम सरसफाइ शुल्कबाहेक अन्य शुल्क लिन नमिल्ने बताए । गण्डकी प्रदेश खेलकुद परिषद्का निर्वतमान सदस्य सचिव तेजबहादुर गुरुङले व्यापारिक घरानाको सहयोगबाट नेपालको खेलकुद विकासमा योगदान पुग्ने बताए ।

पोखराको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसहित पोखरालाई स्पोर्टस् हब सिटीमा परिचित गराउँदै आएको छ । यस प्रतियोगिता नेपालको फुटबल इतिहासमा मोफसलको बर्सेनि निरन्तर आयोजना हुने प्रतियोगितामा पर्दछ । प्रतियोगिताबाट बचत हुने रकम क्लबले सञ्चालन गरेको फुटबल एकेडेमीमा खर्च हुँदै आएको छ ।

सो एकेडेमीमा देशका विभिन्न जिल्लाका विपन्न वर्गका बालक आवासीय अध्ययनसहित फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ