२ कार्तिक २०८३, सोमबार । October 19, 2026

पृथ्वीसुब्बा गुरुङलाई तेस्रो पटक संसद् प्रवेशको अवसर


१० मंसिर २०७९, शनिबार  

6
Shares

लमजुङ । गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्ने अवसर प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पछि पार्दै विजयी बनेका एमाले सचिव गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्न पाएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गरेका छन् भने उपबिजेता माओवादी केन्द्रका महासचिव गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन् । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत विसं २०७४ मा एमालेसँग नेकपा (माओवादी केन्द्र) को तालमेल रहेको थियो । सो बेलामा पृथ्वीसुब्बा लमजुङ प्रदेश ९२० बाट उम्मेदवार र देवप्रसाद लमजुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै दुवै जनाले जित हासिल गरेका थिए । पृथ्वीसुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल भए भने, देवप्रसाद सांसद मात्र भएका थिए ।

अघिल्लो निर्वाचनमा एक अर्काको सहयोगी बनेर कांग्रेसविरुद्ध उभिए पनि यस पटक भने, माओवादी केन्द्र कांग्रेसलगायत गठबन्धनसँग मिलेर एमालेविरुद्ध नै प्रतिस्पर्धामा उत्रिएको थियो । जिल्लामा यी दुई कम्युनिष्ट नेताबीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो । विजयी एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई ६ हजारको मतान्तरले हराउँदै विजयी भएका थिए ।

उनको राजनीतिक यात्रा विसं २०२७ मा इशानेश्वर प्रमोद हाई स्कुल, भोर्लेटारमा अनेरास्ववियुका तर्फबाट स्ववियु सचिव निवार्चित भएसँगै सुरु भएको हो । उनले सक्रिय राजनीति भने विसं २०३४ देखि गरेका थिए । विज्ञानमा स्नातक गरेका गुरुङ सुरुमा शिक्षण पेसामा समेत आबद्ध भए ।

विसं २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निवार्चित भएका थिए । उनी शिक्षण पेसामै हुँदा आन्दोलनमा उत्रेकाले पटकपटक प्रहरी हिरासतमा समेत परेका थिए । विभिन्न पार्टीको पदमा निर्वाचित हुँदै एमाले पार्टीको यसअघि भएको दसैँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका थिए ।

एमालेका गुरुङले विसं २०४८, विसं २०५१, विसं २०५६ र विसंं २०७० को निर्वाचनमा पराजित भएका थिए । विसं २०६४ मा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ३ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि