२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

काठमाडौं १ बाट निर्वाचित प्रकाशमानको विजयी जुलुस


१० मंसिर २०७९, शनिबार  

9
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह सहितको टोलिले विजयी जुलुस निकालेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा काँग्रेस नेता सिंह र प्रदेश सभामा निर्वाचन १ (१) मा काँग्रेसबाट नै दीपेन्द्र श्रेष्ठ र निर्वाचन १ (२) बाट काँग्रेसकै सुरजचन्द्र लामिछाने निर्वाचित भएका छन् । शुक्रवार निर्वाचन अधिृकृतले विजयी भएको प्रमाणपत्र दिएसँगै शनिबार नवनिर्वाचित टिमले वजयी जुलुस निकालेको हो । विजयी जुलुसको कार्यक्रम बानेश्वर बैंक्वेटबाट शुरु भइ ओखरबोट मार्ग, रत्नराज्य स्कुल, पूजा प्रतिष्ठान, भेनस हस्पिटल, सानो गौचरण, सेतो पुल, मैतीदेवी, सूर्योदय स्कुल, घट्टेकुलो, वरको बोट, पुतलीसडक, पद्योदय, भृकुटीमण्डप, भद्रकाली, सुनधारा, भोटेबहाल, विश्वनिकेतन, त्रिपुरेश्वर, थापाथली, आलोकनगर, प्रयागमार्ग, कोटेश्वर लगायत आफ्नो नर्वाचन क्षेत्रको परिक्रमा र मतदाताहरुसँग धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेता सिंह १२५ को झिनो मतान्तरले विजयी भएका हुन् । उानको निकटतम प्रतिद्वन्दीका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए । नेता सिंह वि.सं.२०५२ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए भने २०६५ र २०७० मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ