२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

काभ्रे २ मा बास्कोटा दोस्रोपटक विजयी



काभ्रे । काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका गोकुल बास्कोटा विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै बास्कोटा विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार सत्तागठबन्धनका साझा उम्मेदवार हुमागाईंलाई ५ हजार ९१७ मतान्तरले पछि पार्दै बास्कोटा निर्वाचित भएका हुन्। बास्कोटाले ४५ हजार ३४५ मत प्राप्त गर्दा हुमागाईले ३९ हजार ४२८ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाई १० हजार ५८६ मतसहित तेस्रो स्थानमा छन्। जीतसँगै बास्कोटाको संसदको यात्रा दोस्रो पटक सुरु भएको छ। अघिल्लो ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट बास्कोटा देशभरको तेस्रो ठूलो मतान्तरले विजयी भएका थिए। उनले त्यसबेला कांग्रेसका मधु आचार्यलाई पराजित गरेका थिए।

एमाले सरकारमा रहँदा बास्कोटा सरकारको प्रवक्ता एवं सूचना तथा संचार मन्त्रीसमेत भएका थिए।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको