२३ माघ २०८२, बिहिबार । February 5, 2026

धादिङको दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता



धादिङ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।

पछिल्लो मत गणनाको परिणाममा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अगाडि देखिएका छन् । धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को १६ हजार छ सय ६९ मत गणना भएको छ । गणना भएको मतको परिणामअनुसार नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रसाद पाण्डेले सात हजार ३९ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का भूमिप्रसाद त्रिपाठीले छ हजार सात सय ७९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले दुई हजार एक सय २० मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा ८१ हजार एक सय २६ मत खसेको छ । धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा अहिले नौ हजार छ सय २१ मत गणना भएको छ । अहिलेसम्मको गणना भएको मत परिणामअनुसार अधिकारीले चार हजार आठ सय ७६ मत पाएका छन् ।

एमालेका खेमप्रसाद लोहनीले तीन हजार आठ सय ५३ मत पाएका छन् । यो क्षेत्रमा ६७ हजार छ सय एक मत खसेको छ । मत गणनाको अहिलेसम्मको परिणामले क्षेत्र नं १ मा एकीकृत समाजवादीका उम्मेदवार पाण्डे र एमाले उम्मेदवार त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी लगातार अगाडि देखिएका छन् । मत गणना ढिलो हुँदा परिणाम आउन अझै दुई दिन लाग्नसक्ने देखिन्छ । हालसम्म भइरहेको मत गणनाको गतिलाई हेर्दा एक हजार पाँच सय मत गणना गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल