२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

निर्वाचन अपडेट

समानुतिकतर्फ एमाले अगाडि



काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ ।

मंगलबार अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार सय ३६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ९७ हजार ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ हजार २९, नेकपा (माओवादी केन्द्र) ले ४१ हजार आठ सय २३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ हजार आठ सय २१, जनता समाजवादी पार्टी नेपालले नौ हजार १९, जनमत पार्टीले आठ हजार चार सय ८४, नागरिक उन्मुक्ति पार्टीले छ हजार ५९, नेपाल मजदूर किसान पार्टीले पाँच हजार छ सय ७१ र नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच हजार ४०३ मत प्राप्त गरेको छ । प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले २९ हजार सात सय ५०, कांग्रेसले २४ हजार नौ सय ७७, माओवादी केन्द्रले १० हजार तीन सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात हजार पाँच सय ८० र जनता समाजवादी पार्टीले पाँच हजार एक सय ४ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले पाँच हजार छ सय, एमालेले पाँच हजार चार सय ८७, जनमत पार्टीले चार हजार तीन सय ९८, जनता समाजवादी पार्टी नेपालले दुई हजार पाँच सय २२ र माओवादी केन्द्रले एक हजार नौ सय ९५ मत प्राप्त गरेको छ । बागमती प्रदेशमा कांग्रेसले १५ हजार नौ सय २१, एमालेले १५ हजार पाँच सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले नौ हजार पाँच सय छ, माओवादी केन्द्रले सात हजार चार सय ५६ र नेपाल मजदुर किसान पार्टीले पाँच हजार १९ मत प्राप्त गरेका छन् । गण्डकीमा एमालेले २२ हजार ७०, कांग्रेसले १५ हजार सात सय ७१, माओवादी केन्द्रले चार हजार आठ सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार पाँच सय २४ र हाम्रो नेपाली पार्टीले एक हजार नौ सय ६० मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा एमालले ३२ हजार ४८, कांग्रेसले २३ हजार तीन सय ९९, माओवादी केन्द्रले १० हजार छ सय ५५, राप्रपाले सात हजार पाँच सय १९, नागरिक उन्मुक्ति पार्टीले पाँच हजार छ सय १९ मत प्राप्त गरेको छ । कर्णालीमा माओवादीले तीन सय ४३, एमालेले एक सय ७९, कांग्रेसले ९९, राप्रपाले ७० र हाम्रो नेपाली पार्टीले छ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फको मत आयोगको प्रणालीमा प्रविष्ट हुन सकेको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको