६ बैशाख २०८३, आइतबार । April 20, 2026

पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रामा दृण छुः मिश्र


६ मंसिर २०७९, मंगलबार  

6
Shares

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष एवं काठमाडौं १ बाट पराजित नेता रवीन्द्र मिश्रले पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रा पहिलेभन्दा अझ बढी दृण भएर लाग्ने बताएका छन् ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत एक अभिव्यक्ति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उनले भनेका छन्,‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुःखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु । पाँच वर्षको मेरो उतार चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन ।’

उनलृ ‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने आफ्नो दृढतालाई विश्वास गरेकोमा मतदाता तथा सबै शुभेच्छुक आभार प्रकट गरेका छन् । मतदानको आभाव शब्दमा व्यक्त गर्न नसक्ने बताएका छन । उनले भने, ‘यस पटक काठमाडौँ क्षेत्र नम्बर १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो।

यस्तो छ मिश्रको अभिव्यक्ति

एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु। गत पाँच वर्षको मेरो उतार९चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन।

‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु। म त्यो शब्दमा व्यक्त गर्न सक्दिन१ यस पटक काठमाडौँ क्षेत्र नं १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो। धेरै साथीहरूले निर्वाचन परिणामबारे चिन्ता गर्दै म प्रति गहिरो सहानुभूति व्यक्त गरिरहनुभएको छ। अलि आध्यात्मिक प्रकृतिको व्यक्ति हुनाले म “कर्म गर फलको ‘भर’ नपर” भन्ने मान्यता राख्दछु। कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्दछु। तसर्थ, म ‍जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु। म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु, जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र होइन, टलपलाएको आँशु पनि देखेको छु। राजनीति यस्तो क्षेत्र हो जहाँ जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ।

म २०७४ साल र यसपटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएँ। तर ममाथि यति ठूलो विश्वास व्यक्त गर्ने काठमाडौँ क्षेत्र नं एक का मतदाताका लागि मैले केही गर्न सकेको छैन। मेरो पृष्ठभूमि पत्रकारिता ‍र परोपकारसँग जोडिएको छ। मैले पत्रकारितामा फर्किने या पत्रकारितामार्फत् आफ्नो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिन। तर व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु। त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ।

मेरै अग्रसरतामा स्थापित परोपकारी संस्था हेल्प नेपाल नेटवर्क पनि यस्तै सानो रकमबाट शुरू गरिएको थियो र विश्वभरीका नेपाली९नेपाली मिलेर त्यसले आज सयौँ परोपकारी काम गरिसकेको छ। त्यसैगरि ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ ले पनि भविष्यमा यो क्षेत्र ९वडा नं १०, ११, २९ र ३१० भित्र धेरै राम्रा कामहरू गर्न सक्नेछ भन्नेमा म विश्वस्त छु। विश्वका विभिन्न मुलुकमा बस्नुहुने काठमाडौँ क्षेत्र नं १ का तथा अन्य शुभेच्छुकहरूले सो कोषमा सहयोग गर्न सक्नुहुनेछ। सो कोषलाई कसरी ‍औपचारिक बनाउने, कसरी सञ्चालन गर्ने र के कस्ता काममा केन्द्रित गर्ने भन्नेबारे म केही समयभित्र जानकारी गराउनेछु। निर्वाचनमा विजयी हुनुभएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईँलाई यो समाज र देशलाई शीरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु।

रवीन्द्र मिश्र
मितिः ०६ मंसिर २०७९

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित