३ आश्विन २०८३, शनिबार । September 20, 2026

काठमाडौं– ६ः राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल अगाडि


६ मंसिर २०७९, मंगलबार  

6
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीसभाका उम्मेदवार खनालले दुई हजार आठ सय ४८ मत प्राप्त गरी अग्रता लिएका निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । कूल आठ हजार ५९ मतगणना हुँदा दोस्रो मत नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले प्राप्त गरेका छन् । उनले एक हजार आठ सय ७७ र नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले एक हजार आठसय ४८ मत प्राप्त गरेका निर्वाचन अधिकृत खनालले बताए ।

उक्त मतगणना गर्दा तीन सय ३१ मत बदर भएको छ । काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।

काठमाडौंको बागबजारदेखि गोङ्गबु हुँदै झोरसम्म रहेको उक्त निर्वाचन क्षेत्रमा कूल ७५ मतदान केन्द्रमा मतदान भएको थियो ।६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली