२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

काठमाडौं– ६ः राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल अगाडि



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीसभाका उम्मेदवार खनालले दुई हजार आठ सय ४८ मत प्राप्त गरी अग्रता लिएका निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । कूल आठ हजार ५९ मतगणना हुँदा दोस्रो मत नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले प्राप्त गरेका छन् । उनले एक हजार आठ सय ७७ र नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले एक हजार आठसय ४८ मत प्राप्त गरेका निर्वाचन अधिकृत खनालले बताए ।

उक्त मतगणना गर्दा तीन सय ३१ मत बदर भएको छ । काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।

काठमाडौंको बागबजारदेखि गोङ्गबु हुँदै झोरसम्म रहेको उक्त निर्वाचन क्षेत्रमा कूल ७५ मतदान केन्द्रमा मतदान भएको थियो ।६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको