२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

रुपन्देहीः क्षेत्र नं १, ५ मा एमाले , २ मा स्वतन्त्र, ३ मा कांग्रेस र ४ मा लोसपाको अग्रता



रुपन्देही । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना रुपन्देहीमा नेकपा (एमाले) ले दुई, नेपाली कांग्रेस एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा अग्रता लिएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ र ५ मा एमाले, २ मा स्वतन्त्र, ३ मा कांग्रेस, र ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका हुन् । क्षेत्र नं १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा एक हजार सात सय ३८ मतका साथ अगाडि छन् भने नागरिक उन्मुक्तिका लालवीर चौधरीले एक हजार पाँच सय ९७ मतका साथ पछ्याइरहेका छन् । सत्तागठबन्धनका उम्मेदवार घनश्याम भुसाल एक हजार चार सय चार मत ल्याएर तेस्रो स्थानमा छन् ।

रुपन्देही २ मा सुरुआतदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार दुई हजार दुई सय ४४ मतका साथ उनले अग्रता लिएका छन् भने एक हजार नौ सय ४४ मतका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले पछ्याइरहेका छन् । तेस्रो स्थानमा सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका जनमुक्तिका केशव थापाले एक हजार चार सय ६१ मत ल्याएका छन् ।

क्षेत्र नं ३ मा एक हजार नौ सय ४१ मतका साथ सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले अग्रता लिएका छन् । दोस्रो स्थानमा राप्रपाका दीपक बोहोरा रहेका छन् । उनले एक हजार चार सय ३६ मत प्राप्त गरेका छन् । क्षेत्र नं ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले निरन्तर अग्रता लिएका छन् ।

उनले तीन हजार नौ सय ९४ मतका साथ अग्रता लिएका हुन् । कांग्रेसका प्रमोद यादवले दुई हजार सात सय ६१ मत ल्याएर दोस्रो स्थानमा छन् भने जनमतका भोपेन्द्र यादवले दुई हजार एक सय १४ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । क्षेत्र नं ५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन् । उनले पाँच हजार ७० मत प्राप्त गर्दा कांग्रेसका भरतकुमार शाहले चार हजार सात सय ५२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको