८ बैशाख २०८२, सोमबार । April 22, 2025

माओवादी नेता लामा एमाले प्रवेश



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आप्mनो निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन । आफुले एमाले प्रवेश गरेर राजनीतिको बाटोमा सुरक्षीत अवतरण गरेको लामाले बताएका छन् । हुम्लाबाट लामा गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।

तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनि माओवादीका उम्मेदवार छिमी दोर्जेविरुद्ध बागी उठेका थिए । २०७४ सालमा माओवादी केन्द्रले हुम्लामा टिकट नदिएपछि विद्रोह गरेका लामाले सबैभन्दा कम ४७ मतान्तरले चुनाव जितेका थिए ।

२०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनि भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए ।

तत्कालीन नेकपाको विवादका बेला पनि उनि अध्यक्ष ओली समूह निकट रहेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ५ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक आन्दोलनको २० दिनमा शिक्षामन्त्रीले घुँडा टेकिन ! अन्ततः आयो राजीनामा

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरुले राजधानी केन्द्रित

नेप्सेमा ७.७५ अंकको गिरावट, कारोबार रकममा वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारको परिसूचक

रविको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी

गभर्नर नियुक्तिसम्बन्धी रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । गभर्नर नियुक्तिसम्बन्धी उमेर हद हटाउने सरकारको निर्णयविरुद्ध दायर

रविको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण