८ बैशाख २०८२, सोमबार । April 22, 2025

नाम फिर्ता लिन आयोगमा २९ निवेदन,कुन दलबाट कति ?



काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको संशोधित बन्दसूचीमा सुचीकृत २९ जना उम्मेदवारले नाम फिर्ताको लागि आयोगमा निवेदन दिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि समानुपातिक बन्दसूचीबाट प्रतिनिधिसभा सदस्यतर्फ ९ र प्रदेशसभातर्फ २० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस ४, जनता समाजवादी पार्टी ३, नेकपा माओवादी केन्द्र १ र नेकपा एकीकृत समाजवादीबाट १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरी प्रदेशसभातर्फ प्रदेश–१ का ६, मधेश २, बागमती १०, गण्डकी र लुम्बिनीका १–१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आयोगले उम्मेदवारी फिर्ताको लागि सोमबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म समय दिएको थियो ।

प्रतिपक्षी नेकपा एमालेबाट परेको सूचीबाट नाम फिर्ता लिने कोही नभएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ५ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक आन्दोलनको २० दिनमा शिक्षामन्त्रीले घुँडा टेकिन ! अन्ततः आयो राजीनामा

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरुले राजधानी केन्द्रित

नेप्सेमा ७.७५ अंकको गिरावट, कारोबार रकममा वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारको परिसूचक

रविको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी

गभर्नर नियुक्तिसम्बन्धी रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । गभर्नर नियुक्तिसम्बन्धी उमेर हद हटाउने सरकारको निर्णयविरुद्ध दायर

रविको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण