२२ माघ २०८२, बुधबार । February 4, 2026

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट: डडेल्धुरा फाइनलमा



कञ्चनपुर । कञ्चनपुरमा जारी वाइवाई यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ ।

महेन्द्रनगरस्थित खुला मञ्चमा मङ्गलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । एक सय ४१ रनको लक्ष्य पछ्याएको कैलालीले २६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो ।

डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा सर्वाधिक २४ रन बनाए । यस्तै अरुणप्रकाश दानीले ३१ बलमा १७, विकास ऐरले अविजित रहँदै १८ बलमा १७, निर्मल पुन मगरले ३७ बलमा १६, दिपक बोहराले १७ बलमा १४ रनतथा सचीन साउदले २३ बलमा १४ रन बनाए । जवाफी ब्याटिङ गर्ने क्रममा कैलालीका लागि नरेन साउदले १४ बलमा सर्वाधिक १८, प्रवेश साउदले २४ बलमा २४, सन्दीप बिष्टले ३९ बलमा १४ र दिनेश ओडले २७ बलमा १४ रन बनाए ।

उक्त खेलमा म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण विष्ट घोषित भए । महेन्द्रनगरस्थित कभर्डहलको खेलमैदानमा भएको अर्को खेलमा अछामले बझाङलाई पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको अछामले निर्धारित ४० ओभरको खेलमा ३४ दशालव तीन ओभरमा सवै विकेट गुमाएर एक सय ६० रन बनायो ।

एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको बझाङले २२ ओभरमा सवै विकेट गुमाएर एक सय ३८ रन मात्र बनायो । अछामका लागि आशिष लुहारले ३४ बलमा सर्वाधिक ४० रन बनाए । यस्तै विनय जोशीले ७७ बलमा २९, आशिष बुढाऐरले १३ बलमा १८ तथा जित साउदले २७ बलमा १६ रन बनाए ।

यस्तै ब्याटिङ गर्ने क्रममा बझाङका लागि कप्तान अशोक धामीले २२ बलमा सर्वाधिक ३१ रन, सञ्जय बोहराले १८ बलमा १६, पारस रोकायाले १८ बलमा १० तथा नरेन्द्र रानाले २५ बलमा ११ रन बनाए । उक्त खेलको म्यान अफ दी म्याच अछामका युवराज खत्री घोषित भए । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका स्कोरर नरेन्द्रराज भट्टका अनुसार आज बैतडी र कैलाली तथा अछाम र कञ्चनपुरबीच खेल हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल