२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

सडकआश्रित मानवको व्यवस्थापनमा प्रतिबद्ध छौँ: मेयर शाह



काठमाडौं । काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा) को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ ।

महानगरका प्रमुख बालेन्द्र शहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् । मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उनीहरूको व्यवस्थापन कार्य गर्दै आएको र यो क्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिने विषयमा महानगर र आश्रमबीच सोमबार छलफलसमेत भएको थियो ।

बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आश्रममाथि आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो । पछिल्लो समयमा तीनै तहका सरकारबाट हातेमालोको प्रयास भइरहेको र केही सहयोगसमेत प्राप्त भए पनि त्यो अत्यन्त न्यून रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर

आईपीएलः चेन्नईको रोमाञ्चक जितले कोलकाताको प्लेअफ सपना संकटमा

एजेन्सी । गत सिजनको च्याम्पियन कोलकाता नाइट राइडर्सले जारी आइपीएलमा

चार वायुको प्रभाव कायमै, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभरको मौसममा हाल पश्चिमी वायु, स्थानीय वायु तथा

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

रोहित शर्माले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान तथा स्टार ओपनर रोहित