३१ जेष्ठ २०८३, आइतबार । June 14, 2026

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन


३१ जेष्ठ २०८३, आइतबार  

0
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामी सहित सात खेलाडी रिटेन गरेको छ।

राष्ट्रिय टिमका सदस्य सोमपाल कामीलाई लगातार तेस्रो सिजनको लागि मार्की खेलाडीको रूपमा निरन्तरता दिइएको छ। सोमपाल सँगै गुलसन झा, नन्दन यादव, पवन सराफ, युवराज खत्री, युनिस विक्रम सिंह ठकुरी, र दीपक डुम्रेलाई रिटेन भएका छन् । गत सिजनको टोलीबाट अर्जुन घर्ती, दीपेन्द्र रावत, इमरान शेख र विपिन खत्रीलाई रिलिज गरिएको छ।

गत सिजन टिममा रहेका सबै खेलाडी कर्णाली याक्सको लागि उतिकै महत्वपूर्ण रहेपनि नियम अनुसार रिलिज गर्नुपर्ने भएको कारण खेलाडी रिलिज गरिएको कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्लले बताए। साथै कर्णालीले रिलिज गरेको सात खेलाडी सहित नेपाल प्रिमियर लिग सिजन ३ मा सशक्त रूपमा टीम अगाडि बढ्ने पनि निर्देशक मल्ले बताए।

कर्णाली याक्सले गत सिजन छैटौं स्थानमा लिग सकाएको थियो।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा