२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न


११ बैशाख २०८३, शुक्रबार  

93
Shares

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट फर जस्टिस नेपाल’ले “म्यूजिक फर पीस” (शान्तिका लागि सङ्गीत) कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा आयोजित उक्त कार्यक्रममा सङ्गीतका विभिन्न धुनमार्फत विश्व शान्तिको कामना गरिएको थियो। कार्यक्रममार्फत शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट विश्व समुदायलाई युद्ध होइन, संवाद र वार्तामार्फत शान्तिको मार्ग खोज्नुपर्ने सन्देश प्रवाह गरिएको संस्थाका अध्यक्ष टिकाराम खड्काले जानकारी दिए। यस कार्यक्रमको मुख्य उद्देश्य केवल मनोरञ्जन नभई सांस्कृतिक माध्यमबाट शान्तिको बुलन्द आवाज उठाउनु रहेको अध्यक्ष खड्का भनाई थियो ।

कार्यक्रममा रसियन दुतावासकी काउन्सिलर तथा रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाको सन्देश सुनाउँदै रसियन हाउसका कार्यक्रम व्यवस्थापक सन्तोष कार्कीले संगीतलाई सांस्कृतिक संवादको सशक्त माध्यमको रूपमा व्याख्या गरे । उनले रूस–नेपाल कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठको सन्दर्भमा यस कार्यक्रमलाई साझा मूल्य, सांस्कृतिक विविधता, एकता र शान्तिको प्रतीकका रूपमा लिएको पनि उल्लेख गरे । रूस र नेपाल दुवै बहुधार्मिक तथा बहुजातीय समाज भएको उल्लेख गर्दै उनले सन् २०२६ लाई रूसले ‘स्वदेशी जनजाति एकताको वर्ष’ घोषणा गरेको विषयसमेत उनले कार्यक्रममा जोडेका थिए ।

कार्यक्रममा बाल तथा किशोर बयका वाद्यवादकहरू अध्याय भण्डारी, प्रतीक डंगोल र अनुष गन्धर्वले ‘रेशम फिरिरी’, ‘फर्की आऊ’ र ‘फूलको आँखामा’ जस्ता लोकप्रिय तथा शान्तिप्रेरित गीतका धुनमा वाद्यवादन प्रस्तुत गरेका थिए ।

त्यसैगरी गायक तथा संगीतकार सागर अधिकारी ९शरद० ले ‘अहंकार टुटोस’ बोलको शान्तिको सन्देश बोकेको गीत प्रस्तुत गरे भने बाल कलाकार आध्या रेग्मीले कथक नृत्यमार्फत दर्शकको मन जितिन्। कार्यक्रममा माओवादी जनयुद्धको उद्गम थलो रुकुम पूर्वबाट ९ जना किशोरीहरूले प्रस्तुत गरेको ‘फूलको आँखामा फूलै संसार’ गीतमा आधारित शान्ति सन्देशमूलक भिडियो सामग्री प्रस्तुत गरिएको थियो। कार्यक्रममा रसियन हाउसका तर्फबाट साकानुस बनियानले प्रमुख अतिथिको रूपमा सहभागिता जनाएकी थिइन् भने रसियन हाउसका प्रोग्राम म्यानेजर सन्तोष कार्कीको उपस्थिति रहेको थियो ।

यस प्रकारका सांस्कृतिक तथा शान्तिपूर्ण कार्यक्रमहरूले विश्वमा शान्तिको सन्देश फैलाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ